लिपुलेक अतिक्रमणको विरोधमा भारतीय दुतावास अगाडी प्रदर्शन गर्ने कृष्ण पहाडीलगायतका पक्राउ

काठमाडौं – लिपुलेक अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका मानवअधिकारवादी कृष्ण पहाडीलगायत पक्राउ परेका छन् ।

लैनचौरस्थित भारतीय दूतावासअगाडि मंगलबार बिहान प्रदर्शन गर्ने पहाडीलगायतका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनमा उत्रिएकाहरूले ‘लिपुलेक सडक निर्माण तत्काल रोक’, ‘अतिक्रमण बन्द गर’ लगायत प्लेकार्ड बोकेर भारतीय रवैयाविरुद्ध प्रदर्शन गरेका थिए । भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेपछि यसको आलोचना भइरहेको छ । यसको विरोधमा केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा प्रदर्शन भइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्