कपिलवस्तुका कोरोना संक्रमित भारतबाट लुकिछिपि आएका थिए

कपिलवस्तु – कारोना सङ्क्रमित थपिँदै गएको कपिलस्तुमा आज भेटिएका दश जना नयाँ सङ्क्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले उनीहरू भारतबाट नेपाल भित्रिएको बताए ।

उहाँका अनुसार भारतको मुम्बई, दिल्ली लगायतका ठाउँहरूबाट उनीहरू आएका थिए । तर उनीहरू कहिले नेपाल भित्रिए भन्नेबारे सही जानकारी पत्ता लगाउन बाँकी रहेको उहाँले बताउनुभयो । सङ्क्रमण फेला परेका व्यक्तिहरू कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित अनिरुद्र उच्च माध्यमिक विद्यालयमा रहेको क्यारेन्टाईनमा बसेका थिए । सङ्क्रमितहरूलाई बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा ल्याउने तयारी भएको छ । यसअघि कपिलवस्तुमै फेला परेका सङ्क्रमितहरू पनि दुवै देशमा लकडाउन जारी रहेकै बेला भारतबाटै लुकिछिपी नेपाल भित्रिएका थिए । अघिल्ला सङ्क्रमित र नयाँ सङ्क्रमितहरूबीचको सम्बन्ध र सम्पर्कबारे पनि पत्ता लाग्न बाँकी रहेको प्रजिअ पौडेलले बताए । नयाँ सङ्क्रमितसँगै कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ । प्रारम्भिक जानकारीअनुसार सङ्क्रमितहरूमध्ये शयोधरा गाउँपालिकाका ८ र बुद्धभूमि नगरपालिकाका २ जना रहेका छन् । गोरखापत्रअनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्