नेपालगञ्जमा एकै दिन हजार जनाको स्वाब संकलन हुदै

बाँके – नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ । स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गरी परीक्षणमा लैजाने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले परीक्षणको दायरा बढाउन दुई हजार टेष्ट किट र एक हजार भिटिएम पठाएको छ । एउटै वडामा २३ र नजिकको अर्को वडामा एका संक्रमित देखिएपछि सरकारले नेपालगञ्जमा परीक्षणको दायरा बढाउन निर्देशन दिएको छ नेपालगञ्जमा २४ जनामा कोरोना देखिएपछि धेरैभन्दा धेरै जनाको परीक्षण गर्न जनस्तरबाट माग बढेको छ । पर्याप्त टेष्ट किट र भिटिएम आएकाले एकान्तबास, मन्दिर र मस्जिद तथा सङ्क्रमितको सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्ने तयारी भएको छ ।

भेरी अस्पताल, नेपालगञ्जमा दिनमा सय जनासम्मको परीक्षण हुने बताइएको छ । आज एकै दिन हजार जनाको स्वाब सङ्कलन भएमा काठमाडौंँ लैजानका लागि नेपाली सेनाको जहाज नेपालगञ्जमै राखिएको छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा.प्रकाश थापाले बाँकेमा सरकारले उच्च प्राथमिकताका साथ आवश्यक उपकरण पठाएकाले स्वाब सङ्कलन तथा परीक्षणमा कुनै अवरोध नहुने बताउँदै आज ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गर्ने तयारी भएको जानकारी दिए । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्