अन्त्येष्टि भएको केहि बेरपछि कोरोना रिपोर्ट पोजेटिभ, मलामीहरुको खोजी, गाउँमा त्रास

काठमाडौँ – शुक्रबार सेती प्रादेशिक अस्पतालमा डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका–४ की महिलाको कोरोना परीक्षण गरिएकोमा...

मेची–महाकाली विद्युतीय रेलमार्गः इनरुवा खण्डको काम शुरु

काठमाडौं – भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाएको सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई थप गति दिने भएको छ । मेची–महकाली विद्युतीय रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड निर्माणका लागि झापा जिल्लाभित्र पर्ने...

कर्णालीमा एकैदिन ९८ जना कोरोना संक्रमित थपिए, कुल संख्या ५८७

काठमाडौं – कर्णाली प्रदेशमा एकैदिन ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना रहेका...

काठमाडौँका ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र...

कोरोनाबाट कैलालीमा एक महिलाको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौँ – कोरोनाबाट कैलालीका एक महिलाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्दा ती महिलामा संक्रमण पुष्टि...

एकै दिन ३२३ संक्रमित थपिए, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो

काठमाडौँ – नेपालमा एकै ३२३ जना दिन कोरोना संक्रमित थपिएका छन् । यो संँगै नेपालमा संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा...

थप ३२ जनाले कोरोना जिते, निको हुनेको संख्या ३६५ पुग्यो

काठमाडौँ – थप ३२ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ३ सय ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस...

बाँके र वर्दियामा ४० जना कोरोना संक्रमित थपिए

बाँके – बाँके र बर्दियाका ४० जनामा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जले शनिबार दिउँसो एक सूचना जारी गरेर बाँकेका १२ र बर्दियाका...

डडेल्धुरामा सुत्केरी महिलामा कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

डडेल्धुरा – शनिबार धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा डडेल्धुराकी एक सुत्केरी महिलामा कोरोना संक्रमण देखिएको छ । नवदुर्गा गाउँपालिका–४ की २१ वर्षिय महिलामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालले...

रुपन्देही र कपिलवस्तुमा १४ जना कोरोना संक्रमित थपिए

बटवल – रुपन्देही र कपिलवस्तुमा शनिबार १४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका अनुसार रुपन्देहीका ५ जना र कपिलवस्तुका ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

आरडीटीले फेरी झुक्यायोः आरडीटी नेगेटिभ, मरेपछि पीसीआर पोजेटिभ, मृतकको संखया १२

काठमाडौँ – नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ । डोल्पाका जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनि...

भरतपुर अस्पतालको आइसीयुमा भर्ना भएका एक युवकको मृत्यु

चितवन – भारतबाट आएर चितवनको भरतपुर अस्पताल भर्ना गरिएका एक २७ वर्षिया युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका ती युवकको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट करिब...