रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता

काठमाडौं – सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिएको छ। महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार सम्बन्धित जिल्ला...

कांग्रेसभित्र देखिएको विवाद निर्वाचन आयोगसम्म

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद निर्वाचन आयोगसम्म पुगेको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले मंगलबार नै भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेको जानकारी गराउँदै निर्वाचन आयोगमा पत्र दर्ता गराएको खुलेको...

देउवालाई मैले कुरा बुझाउनै सकेन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई आफूले कुरा बुझाउन नसकेको बताएका छन्। देउवा पक्षबाट कारबाही भएपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा थापाले सभापति...

देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ: गगन थापा

काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी गरेका छन्। आफूमाथि कारबाही गरिएको खबर सार्वजनिक भएको केहीबेरपछि विशेष...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशलाई ५ बर्षको कारबाही

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि पार्टी संस्थापन समूहले कडा कारबाही गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापा, शर्मासहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायत...

कांग्रेसको विवाद समाधानका लागि देउवा निवासमा निर्णायक बैठक

काठमाडौँ- भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन जारी रहँदा आन्तरिक विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा बैठक बोलाएका छन्। अन्तिम निर्णय निकाल्ने तयारीसहित बोलाइएको बैठकमा सभापति देउवाले महामन्त्रीद्वय...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान बस्ने भएको छ। हिजो दिनभर बस्न नसकेको बैठक साँझ एकाध मिनेट बसेर स्थगित गरिएको थियो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातवटै...

नेपाली कांग्रेस विभाजनको संघारमा, विवाद मिलाउन शीर्ष नेताको अन्तिम प्रयास

काठमाडौँ – नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ। पार्टी जोगाउन र आन्तरिक विवाद समाधान गर्न शीर्ष नेताहरू अन्तिम प्रयासमा जुटिरहेका छन्। गएराति अबेरसम्म चलेको छलफलले भने ठोस निष्कर्ष निकाल्न सकेन। हिजो...

कांग्रेसभित्र विवाद दुई विषयमा अझै मिल्न सकेको छैन

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अझै दुई विषयमा मिल्न सकेको छैन। बिहानदेखि दुई चरणमा चलेको वार्तामा अहिलेसम्म यी दुई विषयमा सहमति जुट्न सकेको छैन, वार्तामा सहभागी नेताहरूले बताएका छन्। वार्ता...

गगन थापालाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने कांग्रेसको तयारी छ: विश्वप्रकाश शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा मुलुकको प्रधानमन्त्री बन्ने गरी अर्का महामन्त्री गगनकुमार थापालाई अघि सार्ने घोषणा गरेका छन्। मंगलबार साँझ जारी विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै...

काठमाडौं महानगरपालिकाका मेयर बालेनले माघ ४ गते राजीनामा दिने तयारी

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीका क्रममा उनले मेयर पद छाड्न लागेका हुन्। निर्वाचन...

नेपाली कांग्रेसभित्रको विवाद सहमतितर्फ उन्मुख

काठमाडौं – नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक विवाद सहमतितर्फ उन्मुख भएको छ। आज दिनभर चलेको वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिनेबारे मोटामोटी सहमति बनेको हो।...