चिनियाँ भूमिमै भवन बनेको टोलीको निष्कर्ष

पत्रपत्रिकाबाट सिमकोट – ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएको थियो ।...

धानको मूल्य निर्धारणसम्बन्धी छलफल

जनकपुर- धानको न्यूनतम समर्थन मूल्य निर्धारणका विषयमा सङ्घीय र प्रदेश सरकार बीच छलफल भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सम्पन्न छलफलले...

महिला नेतृत्व बढाउनुभन्दा टिकाउनु चुनौतीः मन्त्री अर्याल

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिलाको नेतृत्व बढाउनु मात्र नभई टिकाउनु पनि आजको चुनौती भएको बताउनु भएको छ । सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता...

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं- नेपालमा कोभिड–१९ का एक हजार ३१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३१३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।...

कोरोना सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए...

सार्वजनिक सवारी साधनको अनुगमन तीव्र

काठमाडौँ- कोभिड–१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, भीडभाड गरे/नगरेको, यात्रुले मास्क लगाए/नलगाएको, बढी भाडा...

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणबाट आज बिहानै थप एक जना पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका...

बाढी र पहिरोबाट तीन दिनमा १७ जनाको मृत्यु, १५ बेपत्ता

६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु भएको छ भने १५...

जग्गा खण्डीकरण गर्ने निर्णयको सक्कल कागजात झिकाउन आदेश

काठमाडौँ- सर्वोच्च अदालतले जग्गा खण्डीकरण गर्ने सरकारको निर्णयको सक्कल कागजात झिकाउन आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको इजलाशले आज जग्गा खण्डिकरण गर्ने भूमि...

कर्णाली सरकारद्वारा स्थलगत भ्रमण पछि विकासको मार्गचित्र तयार

कर्णाली- कर्णाली प्रदेश सरकारले यहाँका पाँच जिल्लामा १० दिने स्थलगत भ्रमण सम्पन्न गरेको छ । यहाँको विकास, नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष मैदानबाटै बुझेर प्रदेश सरकार फर्केको हो ।...

गाइबाँधे–लिप्ना सडकखण्डमा कालोपत्रेका लागि काम शुरु, मन्त्री बोहराद्वारा शिलान्यास

हरिश चन्द, डडेलधुरा प्रदेश गौरवको योजना दैजी–जोगबुडा–सलौन–चिरकिट्टे–पोखरा–बेलापुर–ढुंगाड सडक खण्ड अन्तरगत गाइबाँधे लिपना खण्ड कालोपत्रे गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले सडकको शिलन्यास गरेका...

वैज्ञानिक वन कार्ययोजना खारेज गर्न सुझाव

काठमाडौँ- सङ्घीय संसद्को उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्दै वन क्षेत्रको आर्थिक, सामाजिक र वातावरणीय पक्ष विचार गरी दिगो वन व्यवस्थापनका लागि आवश्यक पर्ने सूचकसहितको राष्ट्रिय मापदण्ड तर्जुमा...