पहिरोका कारण कर्णाली राजमार्गको दैलेख सडकखण्ड अवरुद्ध, एक सुत्केरी १८ घण्टा देखि अलपत्र

दैलेख – कर्णाली राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–३ जाक्सी खोलामा आइतबार बेलुका पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । सडक बन्द हुँदा गर्भवतीसहित खाद्यान्न बोकेर कालीकोट र जुम्ला जाने यातायातका साधन रोकिएका छन् । आठबीसका नगर प्रमुख खड्कराज उपाध्यायले राजमार्गमा ठूलो पहिरो गएको बताए । ‘सडक डिभिजन कार्यालयलाई पनि खबर गरेका छौं, तर पहिरो ठूलो […]

पश्चिम सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु

पश्चिम सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु भएको छ । खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका-६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो । आइतबार रातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो । पहिरोमा परी बेपत्ता भएकी नन्दाको बिहान ८ बजे शव फेला परेको जिल्ला […]

सुर्खेतमा पीसीआर मेसिन बिग्रियाे, काेरना परीक्षण प्रभावित

कोरोना भाइरस (कोभिड–१९ं) को परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको पीसीआर मेसिन बिग्रिएको छ । प्रदेश अस्पताल सुर्खेत प्रयोग गर्दै आएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर मेसिन शुक्रबारदेखि बिग्रिएको हो । यसअघि यो मेसिनबाट दैनिक करिब चार सय स्वाबको परीक्षण गर्दै आएको थियो । ‘शुक्रबार नै मेसिन बिग्रिएको थियो र सफ्टवेरमा समस्या भयो […]

कर्णालीका २१४ सङ्क्रमित निको भए, दैलेखका मात्रै २०५ जना

सुर्खेत – कर्णाली प्रदेशका २१४ जना सङ्क्रमित स्वास्थ्यलाभ गरी घर फेर्केका छन् । यसमा दैलेखका मात्रै २०५ जना सङ्क्रमित निको भएका छन् । घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जना कोरोना निको भएर घर फर्केको कर्णाली […]

आइसोलेसनबाट ६३ जना कोरोना सङ्क्रमित भागेपछि खाेजी गरिदैँ

दैलेखको नौमुले गाउँपालिकाको वडा नं. १ मा रहेको भैरव माध्यमिक विद्यालयमा निर्माण गरेको आइसोलेसनबाट ६३ जना कोरोना सङ्क्रमित भागेका छन् । आइसोलेसन बसेका कोरोना ९२ जना सङ्क्रमितमध्ये ६३ जना राती भागेको स्थानीय प्रशासनले बताएको छ । आफूहरूलाई सेवा सुविधा नदिएको भन्दै सङ्क्रमितहरू आइसोलेसन अस्पतालबाट भागेका हुन । ९२ जना सङ्क्रमित रहेको आइसोलेसन अस्पतालबाट ६३ जना […]

कर्णालीका स्वास्थ्यकर्मीमा काेरना देखिएसँगै अस्पतालका सेवा बन्द

सुर्खेतको प्रदेश अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि कर्णाली प्रदेश अस्पताल र जुम्ला अस्पतालको आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको छ । स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि सल्यानको जिल्ला अस्पताल अनिश्चितकालका लागि सिल गरिएको छ । कर्णाली प्रदेश अस्पतालमा दुई जना चिकित्सकसहित ९ स्वास्थ्यकर्मी संक्रमित भएका […]

कर्णालीमा समुदायसम्म फैलियो कोरोना

सुर्खेत – सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजिटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखियो । पीसीआर परीक्षणबाट ती मध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भयो । दैलेखका दुई तथा सुर्खेतका एक गरी […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सेवा बन्द

सुर्खेत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए । निर्देशक रावलका अनुसार संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरु क्वारेन्टाइन र आइसोलेसनमा बसेका नागरिकको रेखदेखमा खटिएका थिए । स्वास्थ्यकर्मीमा […]

कर्णालीमा थपिए २५ जना कोरोना संक्रमित

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखका १९ , सुर्खेतका ५ र कालीकोटका एकजनामा कोरोना […]

कर्णाली प्रदेश अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

सुर्खेत – सुर्खेतमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए । ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना […]