काठमाण्डौ उपत्यकासहित बाग्मती र गण्डकी प्रदेशमा वर्षा

काठमाडौँ – काठमाडौँ उपत्यकासहित नुवाकोट, सिन्धुपाल्चोक लगायतका बागमती प्रदेशको केही जिल्लामा वर्षा गराउने प्रणालीको विकास भएको छ । बागमती प्रदेशका केही जिल्ला र गण्डकी प्रदेशको बागलुङ, पर्वत, स्याङ्जा र आसपासका जिल्लामा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मोसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो ३ घण्टामा सबैभन्दा धेरे काठमाडौँको बुढानिलकण्डामा सबैभन्दा धेरे २८ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । काठमाण्डौको शंखु, सुन्दरीजल र धाम ड्याम क्षेत्रमा पनि पानी परेको छ । वर्षा गराउने यो प्रणाली विस्तारै पूर्व तर्फ सर्दै गरेकोले यि ठाउँमा अबको एक/दुई घन्टा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैबीच देशभरि चिसो बढ्न थालेको छ । बितेका चार/पाँच दिनदेखि काठमाण्डौको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियसको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘पोस्ट मनसुन’ को अवस्था रहेकोले अहिले देशभर नै चिसो बढिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्