बारा– बाराको जीतपुरसिमरा वडा नं. २२, अम्लेखगंजस्थित तीन नम्बर पुल नजिकै सवारी दुर्घटना हुँदा दुई चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
काँकडभिट्टाबाट काठमाण्डौँतर्फ आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुवै गाडीका चालकसहित अन्य एकको मृत्यु भएको हो ।
दुर्घटनामा २७ जना घाइते भएका छन । घाइतेमध्ये तीन जनाको अबस्था गम्भीर छ ।
मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटार बस्ने बर्ष २८ को पुर्ण गुरूङ, बस चालक मकवानपुर हेटौँडा ३ बस्ने बर्ष ४० को हरि शम्सेर सुयाल थापा र पहिचान नभएका ३५ बर्षको पुरूष रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनु भएको छ ।
घटनामा सुनसरी ईटहरी ०४ बस्ने बर्ष ४० को सुरेन्द्र गौतमको चार जनाको पुरै परिवार घाइते भएका छन भने आठ जना भारतीय नागरिक पनि घाईते भएका छन । गौतमको श्रीमती र छोरा छोरी सबै दुर्घटनामा परेका छन ।
दुर्घटनाग्रस्त क्षेत्रको रुपमा परिचत सोही स्थानमा यस अघि दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको थियो ।
राति सवारी दुर्घटना भएपछि राजमार्ग ४ घण्टा पुरै अबरुद्धबनेको थियो । दुर्घटनामाट्रक रोड भन्दा १५ मिटर तल खसेको थियो भने बस सुरक्षाका लागि बनाइएको जालीमा ठोकिएर सडकमै अडिएको थियो ।
जालीका कारण बस खस्न नपाएपछि बसका धेरै यात्रु बाँचेका हुन ।
घाइतेहरुको चितवन, हेटौडा र बाराका अस्पतालमा उपचार भइरहेको छ ।