बाँकेमा एकदिने निःशुल्क मोतिबिन्दु छनौट शिबिर भव्यताका साथ सम्पन्न भएको छ।
नेपाल आँखा कार्यक्रम,तिलगंगा आँखा प्रतिष्ठान,तिलगंगा सर्जिकल आँखा केन्द्र राप्ती दाङको आयोजनामा र राप्ती सोनारी गाउँपालिकाको सहकार्यमा बुधबार राप्ती सोनारी गाउँपालिकाको महादेवपुरी स्वास्थ्य चौकी ढकेरी र पेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन भएको एकदिने निःशुल्क मोतिबिन्दु छनौट शिबिर भव्यताका साथ सम्पन्न भएको छ ।
उक्त आँखा शिविरमा महादेवपुरी स्वास्थ्य चौकी ढकेरीमा २८० जना बिरामीहरूले सेवा लिनु भएको छ । त्यसमध्ये २० जनाले नजिक पढ्नको लागि चस्माको प्रयोग गर्नुभएको र २७ जना मोतिबिन्दुका बिरामी शल्यक्रियाको लागि छनौट भएका छन। त्यस्तै पेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा जम्मा २४५ जनाले सेवा लिनु भएको छ,त्यसमध्ये २० जनाले नजिक पढ्नको लागि चस्माको प्रयोग गर्नुभएको र ४४ जना मोतिबिन्दु भएका बिरामी शल्यक्रियाको लागि छनौट भएका छन्।
उक्त शिविरहरू बाट जम्मा ५२५ जना बिरामीमा ४० जनाले नजिकको चस्मा प्रयोग गर्नु भएको छ भने ७१ जना मोतिबिन्दु छनौट भएका बिरामीहरूलाई शल्यक्रियाको लागि मिति २०८० पुस २ र ३ गते ,तिलगंगा सर्जिकल आँखा केन्द्र,राप्ती- ५ सिसहनिया दाङमा सञ्चालन हुने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरमा प्रेषण गरिएको इन्चार्ज विमल बहादुर बीसीले जानकारी दिए ।आयोजकले गाउँपालिका स्वास्थ्य शाखा, वडा नं. ८ र ९ को कार्यालय, वडा अध्यक्षहरू तथा स्थानीयलाई धन्यवाद ज्ञापन गर्नुभयो ।