एनसेलको सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र विस्तृत जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ – अर्थ समितिले एनसेलको सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र विस्तृत जानकारी दिन निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले १५ दिनभित्र एनसेलको सेयर बिक्रीबारे विस्तृत जानकारी दिन निर्देशन दिएको हो ।

समितिकी सचिव रेखा उपाध्याय खनालले बिक्रीबारे अभिलेख आइनपुगेको दूरसञ्चार प्राधिकरणको भनाइपछि १५ दिनको समय दिएको जानकारी दिइन ।

‘प्राधिकरणका अध्यक्षले कागजात मगाएको बताएपछि १५ दिनभित्र सम्पूर्ण जानकारी दिन मौखिक निर्देशन दिइएको छ,’ उनले भनिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्