जाजरकोट र रुकुम पश्चिममा १० करोड रुपैयाँ पठाउने सरकारको निर्णय

काठमाडौँ  – सरकारले रुकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितलाई राहत तथा उद्धारको लागि तत्कालै १० करोड रुपैयाँ पठाउने निर्ण गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५/५ करोड रुपैयाका दरले रकम पठाउने निर्णय गरेको हो।

अहिलेलाई यो रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पठाउने निर्णय भएको हो । रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्