भूकम्पका कारण जाजरकाेट र रूकुम पश्चिममा सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ

रूकुम – गएराती गएकाे भूकम्पका कारण जाजरकाेट र रूकुम पश्चिममा सडक अवरुद्ध हुँदा भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको हाे । जाजरकोट र रुकुमपश्चिम जिल्ला भूकम्प बढी प्रभावित जिल्ला हाे ।

जाजरकोट–डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिएर सडक अवरुद्ध हुँदा नलगाड र आठविसकोटका बिरामी ल्याउन समस्या भएको छ ।

रिम्नाकै बाटो भएर भूकम्प प्रभावित क्षेत्रका बिरामिलाई ल्याउनु पर्ने भए पनि पुल भासिंएकोले उद्धारमा कठिनाइ भएको हो ।भूकम्पमा परी नलगाडकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पको केन्द्रविन्द रहेको बारेकोट गाउँपालिकाको भने विवरण आइसकेको छैन ।

Phot0: Thakuri Janak Sahi (Facebook)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्