जलाउन ठिक्क पारिएको लास चिताबाटै प्रहरीले नियन्त्रणमा लियो

काठमाडाैं – सर्लाहीमा प्रहरीले चिताबाट एक लास नियन्त्रणमा लिएको छ । सर्लाही जिल्लाको रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव जलाउन ठिक्का पारेका अवस्थामा प्रहरीले चिताबाट नियन्त्रणमा लिएको हो । प्रहरीले शव सँगै
मृतका पति सुनिल साह, ससुरा रामेश्वर साह र देवर रामबाबु साहलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । माइतीपक्षले उनको हत्या गरेको दाबी गरिरहेको छ ।

छारे रोगकी पीडित मृतकले बिरामी भएको बेला आत्महत्या गरेको दाबी गरेका छन् । उनको पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।  आत्महत्या गरे पनि प्रहरीलाई जानकारी र कानुनी प्रक्रिया पूरा नै नगरी शव जलाउन खोजेकाले पतिसहित तीनैजनालाई पक्राउ गरिएको हो । अहिले शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्