मंगलबार १८ अंकले बढेको सेयर आज १८ अंकले घट्यो

काठमाडौं – सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । मंगलबार नेप्से १८.४५ अंकले बढेको सेयर आज साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १८.६० अंकको गिरावट भएको छ ।  मंगलबार २०२२.९१ को विन्दुमा बन्द भएको नेप्से आज २००४.३० को विन्दुमा बन्द भएको छ ।

बुधबार नेप्सेका सबै उपसूचका गिरावट हुँदा नेप्से परिसूचक पनि घटेको हो । लगातार रुपमा बढीरहेको हाइड्रोपापावर उपसूचक बुधबार भने भने सर्वाधिक गिरावट भएको हो । हाइड्रोपावर उपसूचक १.५१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.४२ प्रतिशत, व्यापार उपसूचक १.४१ प्रतिशत र विकास बैंक उपसूचक १.३८ प्रतिशतले गिरावट भएको हो ।

बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब नाघेको कारोबार रकम बुधबार भने १ अर्ब ८१ करोड ४४ लाखको कारोबार भएको हो । ५८ हजार ३६७ वटा कारोबारमा ७० लाख ६१ हजार ४०४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये सन् नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक ७ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार हुँदा एनआईसी एशिया बैंकको ६ करोड १९ लाख र रिलायबल लाइफ इन्स्योरेन्सको ५ करोड ८४ लाखको कारोबार भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्