शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिनुभएको छ ।

रक्षा मन्त्रालयमा आज (शुक्रबार) बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मा, मुख्यसचिव वैकुण्ठ अर्याल र विभागीय सचिवहरुसँग छलफल गर्नुभएको हो ।

शिक्षकका जायज मागहरु सम्बोधन हुनेगरी वार्तालाई सकेसम्म आजै निष्कर्षमा पु¥याउने गरी काम गर्ने विषयमा छलफल भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्