काठमाडाैं – यहि आउँदो असोज १९ र २० गते सम्पन्न हुन गईरहेको ललितपुर उद्योग वाणिज्य संघको ४४औं साधारण सभा तथा अधिवेशन अन्र्तगत हुने निर्वाचनमा बिश्वराज बज्राचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । हाल वरिष्ठ उपाध्यक्ष रहेका बज्राचार्य आगामी नेतृत्वकोलागि आफुलाई अध्यक्ष पदमा प्रस्तुत गर्न पाएकोमा शौभाग्यशाली महसुस गरेको बताए ।
लगभग पाँच दशक भन्दा लामो ईतिहास बोकेको नेपाल भरका उद्योग वाणिज्य संघहरु मध्येको “क” वर्गमा स्थापित यस संघले च्याम्वर अभियान अन्तर्गत नेपालमा अग्रणी भूमिका खेल्दै आईरहेका उनी गौरवशाली ईतिहास बोकेको यस संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै आफ्नो टीमका उम्मेदवारहरु “घोषणा पत्र”मा कटिवद्ध रहि, पूर्ण रुपले पालना र कार्यान्वयन गर्ने कार्यमा प्रतिवद्धता रहेको बताए ।
संघको आधार स्तम्भको रुपमा आफ्नो छवि बनाउन सफल पूर्व अध्यक्षहरुले पुर्याउनु भएको अतुलनिय योगदानलाई दिशानिर्देश मानेर उहाँहरुले शुरु गरेको राम्रा कार्यहरुलाई निरन्तरता दिने बाचा गर्दै उम्मेदवारी प्रस्तुत गरेको तथा ईमान्दार र सफल व्यवसायीले मात्र संघलाई सहि दिशानिर्देश गर्न सक्छ भन्ने मान्यतालाई मुल मन्त्रको रुपमा आत्मसाथ गर्दै उम्मेदवारी दिएका छन् ।
पारदर्शीता, नेतृत्व विकास, सान्दर्भिकता र निरन्तरता गरि चार सिद्धान्त अबलम्बन गर्दै उम्मेदवारी दिएका छन् । यसैगरी १५ बुंदे प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् ।
1.उद्योग व्यवसायीहरुको मागहरुमा शसक्त वकालत गर्नेे संस्थाको रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई स्थापित गर्ने ।
ललितपुर जिल्ला भरि रहेको सम्पूर्ण वस्तुगत संस्थाहरु र स्थानिय व्यवसायीहरुको सुझावका आधारमा समस्याहरुको पहिचान गरि उनीहरुको प्रत्यक्ष संलग्नतामा नितिगत र विषयगत आवश्यकता पुर्ति गर्न स्थानिय, संघिय र केन्द्रिय सरकारलाई घच्घचाउनुका साथै यस संघलाई शसक्त वकालत गर्ने व्यवसायहरुको संस्थाको रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई स्थापित गर्ने ।
2.नीति, नियम, ऐन, कानुनलाई ब्यवसायी र उद्योगीहरुको हितमा कार्यान्वयन गराउने ।
व्यापार, व्यवसाय र उद्योग सम्बन्धी नीति, नियम, ऐन, कानुनलाई ब्यवसायी र उद्योगीहरुको हितमा कार्यान्वयन गराउने पहल गर्ने तथा सरकारद्धारा जारी यस्ता ऐन, कानुनमा कुनै बुँदा बाझिएका वा अस्पष्ट छन् भने त्यसलाई स्पष्ट पार्न पहल कदमी गर्ने अनि अपुग कानुनी ब्यवस्थालाई पुर्णता दिन संधै अग्रसर रहने ।
3.संस्थागत सुशासनमा जोड दिने ।
संस्थागत सुशासनमा जोड दिदै कुनै पनि खाले भ्रष्टाचार जस्तैः ढिला सुस्ती, अनियमितता, नितीगत एवम आचराणत्मक (Political & Ethical) भ्रष्टाचार आदिलाई निर्मूल पार्न शून्य सहनशिलता (Zero Tolerance) नीति अपनाई व्यापार व्यवसायको क्षेत्रमा ललितपुर उद्योग वाणिज्य संघलाई उपभोक्ता माझ विश्वासीलो र पारदर्शी संस्थाका रुपमा स्थापित गर्ने ।
4.औद्योगिक र वाणिज्य संघसंस्थाहरूसँग सम्बन्ध विकास, व्यापारीक सञ्जाल विस्तार र लगानी प्रवद्र्धन गर्ने ।
स्थानिय व्यापार, व्यवसाय र राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि विश्वभरका औद्योगिक र वाणिज्य संघसंस्थाहरूसँग सम्बन्ध विकास, व्यापारीक सञ्जाल विस्तार र लगानी प्रवद्र्धनको माध्यमका रूपमा अन्तराष्ट्रिय रुपमा उभ्याउन, एक अर्का सँग सहकार्य, ब्यापक छलफल र वहस–पैरवी गर्ने ।
5.स्रोत साधान, सम्बन्धहरुमा पहुँच पु¥याउने ।
व्यवसायी र उद्योगीहरुलाई आवश्यक स्रोत साधान, सम्बन्धहरुमा पहुँच, छुटको ब्यवस्था र वित्तिय सर्वसुलभतामा जोड दिदैं गुणस्तर उत्पादनका लागि प्रोत्साहीत गर्ने ।
6.उत्पादनलाई branding तथा कपि राईट अवधारणालाई साकार बनाउने ।
कला नगरी ललितपुरलाई World Craft Council को मान्यता प्राप्त भए अनुरुप यस जिल्लामा उत्पादित हस्तकला लगायतका वस्तु र अन्य उत्पादनलाई Branding तथा कपि राईट अवधारणालाई साकार पार्न ललितपुर महानगरपालिका संग सहकार्य र कार्यन्वयनमा ससक्त पहल गर्ने ।
7.सामाजिक उद्यमलशीलता (social entrepreneur) मा लाग्न प्रोत्साहन र वातावरण निमार्ण गर्ने ।
अनौपचारिक क्षेत्रबाट उत्पादीत वस्तुहरुलाई बजार ब्यवस्थापनमा सहजिकरण गरि केन्द्रिक्रित औपचारिक व्यवसाय गर्न उत्प्रेरित गर्नुका साथै सामाजिक उद्यमलशीलता (social entrepreneur) मा लाग्न प्रोत्साहान र वातावरण निमार्ण गर्ने ।
8.साँस्कृतिक सम्पदा संरक्षणमा व्यवसायीहरुले खेलेको भुमिकालाई उजागर गर्ने ।
मूर्त (Tangible) र अमूर्त (Intangible) सम्पदा संग जोडिएका शिल्पी, कलाकार र व्यवसायीहरुलाई आर्थिक उपार्जन र दिगो साँस्कृतिक व्यवसायमा लाग्न प्रेरित गर्ने र उहाँहरुको व्यवसायलाई औपचारिक व्यवसायको रुपमा विकाश गर्दै उनीहरुको ब्यवसायले समाजमा पुरयाउँदै गरेको साँस्किृतिक सम्पदा संरक्षणको भूमिकालाई उजागर गर्ने ।
9.विश्व सम्पदा सूचिमा परेका स्थान लगायत अन्य स्थानहरुलाई पर्यटकीय गन्तब्य स्थानको रुपमा पहिचान र विकास गर्ने ।
कला नगरी ललितपुरमा पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिने र अन्तराष्ट्रिय तथा आन्तरिक पर्यटनलाई वढवा दिन यस जिल्लाको विश्व सम्पदा सूचिमा परेका स्थान लगायत अन्य स्थानहरुलाई पर्यटकीय गन्तब्य स्थानको रुपमा पहिचान र विकास गर्ने ।
10.स्थानिय अर्थतन्त्र र समृद्धिमा योगदान पु¥याउने ।
स्थानिय व्यापार व्यवसायलाई बढवा दिन स्थानिय अर्थतन्त्र र समृद्धिमा योगदान पु¥याउने कार्ययोजना तयार गरि कार्यन्वयनमा जोड दिने ।
11.जिल्ला भित्रका उद्यमी–व्यवसायीहरुलाई ध्यानमा राख्दै उद्योग र उत्पादन क्षेत्रको पहिचान गर्ने।
ललितपुर जिल्ला भित्रका उद्यमी–व्यवसायीहरुलाई ध्यानमा राख्दै उद्योग र उत्पादन क्षेत्रको (उदाहरणको लागि दक्षिण ललितपुरको सम्भाव्य कृषि जन्य उद्योग तथा उत्पादनको प्रचुर संम्भावनालाई मध्यनजर राख्दै यस भेगको कृषिजन्य उत्पादनको बजारीकरन र ब्यवस्थापन गर्ने) पहिचान गरी त्यसको ब्यवस्थापनका लागि आवश्यक अनुशन्धान तथा परियोजनात्मक कार्ययोजना तय गर्ने ।
12.संघको भुमिका, महत्वलाई सूचना पुलका रुपमा ससक्त बनाउने ।
ललितपुर उद्योग वाणिज्य संघको भुमिका, महत्वलाई सूचना पुलको रुपमा अझ ब्यापक र प्रभावकारी बनाउने ।
13.व्यापार तथा औद्योगिक मेलाहरू आयोजना गर्ने ।
व्यापार तथा औद्योगिक मेलाहरू आयोजना गर्ने, त्यस्ता मेलाहरूमा स्थानिय व्यापार व्यवसायीहरुका लागि सहयोग र सहजीकरणको भूमिका निर्वाह गर्ने ।
14.व्यवसायीहरुलाई समाजप्रति उत्तरदायी बनाउने ।
उद्योग व्यवसायीहरुलाई समाजप्रति उत्तरदायी बनाउदै, व्यवसायी र समुदाय बीचको सम्बन्धलाई बलियो बनाउने ।
15.व्यवसायीहरुको हितलाई ध्यानमा राख्दै पर्यावरण तथा वातावरणीय मुद्धाहरुमा सचेतना जगाउने ।
उद्योग व्यवसायका लागि उपभोक्ता एवम आम नागरिकको ब्यापक सर्मथन जुटाउन जलवायु परिवर्तन, स्थानिय पर्यावरण तथा वातावरणीय मुद्दाहरु लगायतका क्षेत्रमा व्यवसायीहरुको भुमिकालाई प्रभावकारी बनाउने ।
बिश्वराज बज्राचार्य समुह तर्फको उमदेवारहरुको नामावली
१)विस्वराज बज्राचार्य – अध्यक्ष पदको उमेदवार
२)वीरेन्द्रलाल श्रेष्ठ – वरिष्ठ उपाध्यक्ष पदको उमेदवार
३)मुकुन्द महर्जन – संस्थागत उपाध्यक्ष पदको उमेदवार
४)आपु लाल अवाले – उद्योग उपाध्यक्ष पदको उमेदवार
५)राकेश भक्त मुल्मी– वाणिज्य उपाध्यक्ष पदको उमेदवार
६)भुमी नन्दन कर्माचार्य– महासचिव पदको उमेदवार
७)मिलन शाक्य– कोषाध्यक्ष पदको उमेदवार
८)सजना श्रेष्ठ–उद्योग सदस्य पदको उमेदवार
९)सुविन मान जोशी– उद्योग सदस्य पदको उमेदवार
१०)प्रविन बज्राचार्य – उद्योग सदस्य पदको उमेदवार
११)प्रविन ताम्रकार –उद्योग सदस्य पदको उमेदवार
१२)बिष्णु लाल सिकर्मी –उद्योग सदस्य पदको उमेदवार
१३) शैशव कृष्ण श्रेष्ठ –उद्योग सदस्य पदको उमेदवार
१४)विमला शाक्य – वाणिज्य सदस्य पदको उमेदवार
१५)शर्मिला श्रेष्ठ जोशी – वाणिज्य सदस्य पदको उमेदवार
१६)सुजन बज्राचार्य – वाणिज्य सदस्य पदको उमेदवार
१७)राजेश राज बज्राचार्य –वाणिज्य सदस्य पदको उमेदवार
१८)प्रविन बहादुर शाक्य –वाणिज्य सदस्य पदको उमेदवार
१९)पुष्प कुमार थापा – वाणिज्य सदस्य पदको उमेदवार
२०)हरि राम जोशी – वाणिज्य सदस्य पदको उमेदवार
२१)मिलन श्रेष्ठ – संस्थागत सदस्यको उमेदवार
२२)रवी महर्जन – एसोसियट सदस्यको उमेदवार