शुक्लाफाँटाको नौखरीमा खोलामा डुबेर एक बालिकाको ज्यान गयो

कञ्चनपुर – कञ्चनपुरमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ पारिफाटा नौखरी (मुक्ति) मा १३ वर्षिया बालिका सृष्टि डगौराको मृत्यु भएको वडा नम्बर ८ मा कार्यरत सहायक कम्प्युटर अपरेटर गोकर्ण प्रसाद जोशीले बताए ।

हिजो मुक्ति गाउँ छेउ भएर बग्ने गौडी खोलामा नुहाउँदा उनको मृत्यु भएको हो । धेरै समयपछि उनी नफर्केपछि खोजी कार्य गर्दा खोलामा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्