नेपालले पाकिस्तानसँग हारेपछि रवि लामिछानेले के भने ?

काठमाडौँ – एसिया कपमा पाकिस्तानसँग नेपालले फराकिलो हार व्यहोरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाले नेपालको टिम प्रति अझै विश्वास रहेकाे बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुमा लेख्दै भनेका छन्, ‘प्रतिस्पर्धामा अनुभवको ठुलो महत्व हुन्छ। नम्बर १ टिमसँग नम्बर १५ टिमले पहिलो पटक खेलेको हो। यो अनुभव कुनै दिन इतिहास लेख्न काम लाग्नेछ। यात्रा लामो छ र मलाई हाम्रो टिम प्रति विश्वास छ।’ लामिछानेले यो अनुभव कुनै दिन इतिहासमा काम लाग्ने समेत बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्