काठमाडाैं – राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध भएको छ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि बुधवार बसेको राष्ट्रिय सभा बैठक पनि केहीबेरमै अवरुद्ध भएको हो । एमालेका सांसदहरुले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक आगामी साउन २६ गते शुक्रवार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।
सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राखेपछि एमालेका सांसदहरुले बैठक आज पनि अवरुद्ध पारेका हुन् । त्यसक्रममा एमालेकी सांसद विमलाकुमारी घिमिरेले सो प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउने काम नहुँदासम्म बैठक चल्न नदिने अडान दोहो¥याउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारकै जिम्मेवार पदाधिकारीहरुको संलग्नता भएकाले आफूहरुले त्यसको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्नुपरेको हो । यसबाट हामी पछि हटदैनौं ।’
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अघि बढाउन पटकपटक आग्रह गरेपनि एमालेका सांसदहरुले माननेन् । त्यसपछि उहाँले राष्ट्रिय बैठक स्थगित गरिएको बताउनु भयो ।