ऊर्जाक्षेत्रको विकासको लागि सरकारले रोड म्याप सहित कार्य योजना बनाउँदै छ: मन्त्री बस्नेत

काठमाडाैं – ऊर्जा, जलस्रोत तथासिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्ययोजना बनाई रहेको बताउनु भएको छ । मंगलबार प्रतिनिधिसभा अन्तरर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै यस्तो बताउनु भएको हो ।मन्त्री बस्नेतले विद्युत उत्पादक व्यवसायीहरु तथा सांसदहरुको समेत मागलाई व्यवस्थित रुपमा सम्बोधनगर्ने गरी मन्त्रालयले ऊर्जा विकासको कार्य योजना बनाएर अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले मन्त्रालयले बनाएको ऊर्जा विकासको रोड म्याप र कार्य योजना कार्यसँगैविद्युत उत्पादन र खपतका समस्या सम्बोधन हुने बताउनु भयो । उहाँले विद्युत उत्पादकहरुलेएउटा फाइल पास गर्नको लागि ७ वटा मन्त्रालय धाउनु पर्ने अवस्थामा समन्वय गरी कामगर्ने बताउनु भयो।

उहाँले ऊर्जा मन्त्रालयले फाइल पठाउँदा वन र  विद्युत विकास विभागले तयारी नपुगेको भन्दै फाइलकेही समय होल्ड गर्न भन्ने जानकारी आफूलाई आएको बताउनु भयो। मन्त्री बस्नेतलेउत्पादन भएको विद्युतको आन्तरिक खपत हेर्दा नेपालको उत्पादन २ हजार ८६४ रहेको भन्दै ।आगामी एक वर्षमा ४ हजार माथि पुग्ने बताउनु भयो। उहाँले मुलुकको अर्थतन्त्रको अवस्थालेविद्युत उत्पादनको क्षमता निर्धारण गर्ने हुँदा सरकारको प्रक्षेपन र उत्पादन क्षमताबढाउने भनेर मात्रै नहुने अवस्था रहेको बताउनु भयो ।

उहाँले मुलुकको कुल गार्हस्थउत्पादन (जिडिपी)को वृद्धिलाई ७.२ मा स्थिर राख्न सक्यौं भने आगामी १० वर्षको१२ हजार विद्युत उत्पादन गर्न सक्ने अवस्था रहेको बताउनु भयो ।  उहाँले अर्थतन्त्रलाई स्टेवल बनाउन सक्यौं भनेविद्युतको आन्तरिक खपतको क्षमता पनि १२ हजार पुग्ने दाबी गर्नु भयो । उहाँले आन्तरिकखपत भन्दा बढी भएको विद्युतलाई व्यापार गर्नुको विकल्प नरहेको बताउनु भयो। मन्त्री बस्नेतलेवर्तमान अवस्था,सम्भावना,आवश्यकताहरु  र अहिलेविकशित हुँदै गएको अवस्थाहरुलाई ध्यान दिएर यसको व्यवस्थापन गर्ने नीति र मोडालिटीबनाउन जरुरी रहेको उल्लेख गर्नु भयो ।

उहाँले भन्नुभयो,‘ उर्जा मन्त्रालयले उर्जाविकासको रोड म्याप र एक्सन प्लान्ट बनाउने काम करिव पूरा गरेका छौं । स्वतन्त्रउर्जा उत्पादकले उठाएका धेरै विषयहरुलाई मन्त्रालयले व्यवस्थित रुपमा सम्बोधन गर्ने गरीत्यसको एक्सन प्लान्ट तयार गरेका छौं । अन्तर मन्त्रालय समन्वय नहुदाँ धेरै फाइलहरु धुम्छनभन्ने मेरो पनि गुनासो गरेको छ । वन मन्त्रालयले तयारी पुगि नसकेकाले फाइल केहीदिन ढिला गरिदिन भन्ने गरेको सुनिन्छ । विद्युत विकास विभागतिर पनि त्यस्तै छ ।त्यसकारण फाइल गुम्ने कुराको आफैले गम्भिरताका साथ सोच्नु होला । उत्पादन भएकोविद्युतको आन्तरिक खपत हेर्दा नेपालको उत्पादन २ हजार ८६४ छ ।

आगामी वर्ष ४ हजारमाथि पुग्छौं । सरकारको प्रक्षेपन र उत्पादन क्षमता बढाउँछौं भनेर मात्रै हुँदैन ।मुलुकको अर्थतन्त्रको अवस्था कस्तो हुन्छ । त्यसले निर्धारण गर्ने कुरा हो । अहिलेमन्त्रालयले यदि हाम्रो जिडिपीको ग्रोथ रेट ७.२मा राख्न सक्यौं भने आगामी १०वर्षको १२ हजार विद्युत उत्पादन गर्न सक्छौ. । अर्थतन्त्रलाई स्टेवल बनाउन सक्यौं भनेविद्युतको आन्तरिक खपतको क्षमता १२ हजार पु¥याउँछौं । विकासको क्रमलाई बदल्नसक्यौं भने तलमाथि बड्न पनि सक्छ । आन्तरिक खपत भन्दा बढी भएको विद्युतलाई व्यापारगर्नु पर्छ । अहिलको अवस्था,सम्भावना,आवश्यकताहरु र अहिले विकशित हुँदै गएको अवस्थाहरु छन् ।

यी सबै कुरालाई ध्यान दिएर यसकोव्यवस्थापन गर्ने नीति र मोडालिटी बनाउन जरुरी छ । सरकारले २५ हजार विद्युत उत्पादन गर्नेगरी उर्जा विकासको रोड म्याप र एक्सन प्लान्ट बनाइरहेको छ । सरकारले अब लक्ष्य मात्रैराख्दैन कुन–कुन आयोजनाबाट २५ हजार मेगावट विद्युत उत्पादन हुन सक्ने आयोजनाहरुकुन–कुन हुन । त्यसको लिष्ट तयार गछौं । २५ हजार भार धान्न सक्नेपूर्वाधार,ट्रान्समिसन लाइन र सवस्टेशनहरुको निर्माण गछौं । त्यसको लागि विद्युतउत्पादनका लागि लगानीको वातावरण बनाउने काम गर्नु पर्ने छ ।’

FINAL.00_28_39_14.Still039.jpg

उहाँले सरकारले २५हजार विद्युत उत्पादन गर्ने गरी उर्जा विकासको रोड म्याप र एक्सन प्लान्ट बनाइरहेको बताउनुभयो। उहाँले सरकारले अब लक्ष्य मात्रै राख्दैन कुन–कुन आयोजनाबाट २५ हजार मेगावट विद्युतउत्पादन हुन्छ त्यस्ता आयोजनाहरुको लिष्ट तयार पर्ने बताउनु भयो। उहाँले २५ हजार भारधान्न सक्ने पूर्वाधार,ट्रान्समिसन लाइन र सवस्टेशनहरुको निर्माण र विद्युत उत्पादनकालागि लगानीको वातावरण बनाउने काम गर्ने बताउनु भयो ।

FINAL.00_28_08_18.Still036.jpg

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्