अनियमिततामा संलग्न सबै दोषीलाई कारबाही हुन्छः मन्त्री गुरुङ

काठमाडौँ – शहरी विकासमन्त्री सीता गुरुङले सरकारले अनियमितता गर्ने सबै दोषीलाई सरकारले कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले काम गरेकै कारण सुन तस्करहरु पक्राउ परेको भन्दै सुन तस्करी प्रकरणमा संलग्न सबैलाई कारबाही हुने बताउनु भयो । उहाँले दोषी अनुसन्धानको घेरामा आउने भन्दै तिब्र गतिमा अनुसन्धान अघि बढ्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारले काम नगरेको भए त पक्राउ नै पर्ने थिएनन् नि । दोषीहरुलाई कारबाही हुन्छ । अनुसन्धान तिब्र गतिमा अघि बढ्छ । जो दोषी हुन्छ, अनुसन्धानको लागि लगिहाल्छ ।’ मन्त्री गुरुङले सरकारले काम गरेकै कारण दोषीहरु धमाधम पक्राउ परेको उल्लेख गर्नुभयो  ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्