काठमाडौं – सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ ।
महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेकाेमा ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सवमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो । स्थानीयले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् । महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलबार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो ।
पार्कमा हिड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृती समेत नलिइ गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गर्नुभयो । उहाँले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गर्नुभयो । यता स्थानीयले भने सो स्थल धार्मिक स्थल नै भएकाले आफूहरुले महोत्सव गरेको बताएका थिए । नगरप्रहरी र स्थानीयका बिचमा केहीबेर भनाभन समेत भएको थियो । आफूहरुले लिखित रुपमा अनुमति लिएर भएपनि अनुष्ठान सञ्चालन गर्ने तर, नरोक्ने स्थानीयले बताएका छन् ।