देउवाले बोलाए पदाधिकारी बैठक

File Photo

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। निवास धुम्बाराहीमा मंगलबार अपराह्न ४ बजे पदाधिकारी बैठक बस्ने तय भएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले धुम्बाराहीमा पदाधिकारी बैठक बस्ने सेतोपाटीलाई जानकारी दिए।

गत साउन २ गतेदेखि केन्द्रीय समिति बैठक चलेको थियो। बुधबार अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बस्दैछ। सभापति देउवाले केन्द्रीय समिति बैठक स्थगित गरी पदाधिकारी बैठक बोलाएका हुन्।

बुधबारको केन्द्रीय समितिमा सभापति देउवाले जवाफ दिने कार्यक्रम छ। कांग्रेसले नीति अधिवेशन मिति तोक्नेजस्ता विभिन्न १० एजेन्डामाथि केन्द्रीय समितिमा छलफल गरिसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्