काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अलहेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटमा दुई देशबीच रहिआएको सुमधुर सम्बन्ध बिस्तार र आपसी सहयोग आदानप्रदान बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतार नेपालको प्रमुख श्रम गन्तव्य मुलुकमध्येमा रहँदै आएकोले भेटलाई महत्वपूर्ण मानिएको छ ।