४० यात्रु सवार बस नारायणगढ-मुग्लिन सडक खण्डको दासढुङ्गा नजिक दुर्घटना

काठमाडौँ – चितवनमा सडकबाट बस खस्दा १९ जना यात्रुहरु घाइते भएका छन्।

बिहान सवा ५ बजेतिर नारायणगढ-मुग्लिन सडक खण्डको दासढुङ्गा नजिकै काकडभिट्टाबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट खसेको हो। करिब १० मिटर तल खसेपछि बस रुखमा अड्किएको थियो।

बसमा सवार चालक सहित ४० जनामध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। घाइतेमध्ये २ जना भारतको सिलगुडीका छन्। उनीहरुको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। डिएसपी पण्डितले सबै घाइतेको अवस्था सामान्य रहेको जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्