काठमाडाैं – देशभर बर्षाका कारण सडक अवरुद्ध भइरहेका छन् । देशका विभिन्न राजमार्गहरु अहिले अवरुद्ध भएका छन भन् यातायातका साधनहरु चल्न सकिराखेका छैनन् । आज कोशी प्रदेश अन्र्तगर्त पाँचथर जिल्लाकोः फिदिम नगरपालिका वडा नं. ४, तमोर करिडोर सडक खण्ड अवरुद्ध भएको छ भने पाँचथरकै फिदिम न.पा.४ र हिलिहाङ गा.पा.७, मेचि राजमार्ग सडक खण्ड अवरुद्ध भएको छ ।
यस्तै संखुवासभाः धर्मदेवि न.पा.–८, ठूलो अकरको भिर, लेगुवा खाँदबारी सडक खण्ड अवरुद्ध भएको नेपाल प्रहरलिे जनाएको छ ।
यसैगरी बागमती प्रदेशको चितवन जिल्ला ईच्छाकामना गा.पा.–५ , तिन नं. पुल, नारायणगढ मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ भने दोलखाको गौरीशंकर गा.पा.–८, मन्थली, चरिकोट लामाबगर सडक खण्ड अवरुद्ध भएको छ ।
यस्तै ललितपुर म.न.पा.–३, भालुखोला र पाङ्दुर डोल, कान्तिलोक पथमा एक तर्फि खुलेको छ । गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको जलजला गा.पा.–७, केराबारी, बेनी–मालढुङ्गा सडक खण्ड अवरुद्ध भएको छ भने लुम्बिनी प्रदेशको पाल्पा तानसेन न.पा.५, तिनलाँकुरी, पाल्पा–गुल्मी पक्कि सडक खण्ड अवरुद्ध भएको छ । भने अर्घाखाँची– सितगंगा न.पा.२, भुवनपाटा, गोरूसिङ्गे सन्धिखर्क सडक खण्ड समेत अवरुद्ध भएको छ ।
यसैगरी सुदूर पश्चिम प्रदेश अन्र्तगत अछाम जिल्लाको बान्निगढीजयगढ गा.पा. ४, कचरेटी खोला, मंगलसेन–साँफे सडक खण्ड अवरुद्ध भएको छ । भने दार्चुला जिल्लाको शैल्यशिखर न.पा.–६, पनेबाँज र मालिकार्जुन गा.पा.४ तेर्छालेक, गोकुलेश्वर–दार्चुला हाईवे सडक खण्ड अवरुद्ध भएको छ । यस्तै बैतडीको सुर्नया गा.पा.वडा.न.८ आलुगैरा, जय पृथ्वी राजमार्गमा खोडपे बझाङ सडक खण्ड अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।