गोकुलेश्वर बजार क्षेत्र फोहोरले कुरुप, स्थानीयले किन थुपारे नगरपालिका परिसरमा फोहर ?

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकाका स्थानीय विरोधमा उत्रिएका छन् । गोकुलेश्वर बजार क्षेत्रको फोहर व्यवस्थापनमा नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीयले विरोध जनाएका छन् । विभिन्न समयमा नगरपालिकाको ध्यानाकर्षण गराउदा समेत नगरपालिकाले चासो नदिएको भन्दै सोमबार फोहर संकलन गरि नगरपालिका परिसर भित्र थुपारेका छन् ।

नगरपालिकाका केन्द्र समेत रहेको गोकुलेश्वरको फोहर व्यवस्थापनमा नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीयले फोहर संकलन गरि गाडीमा राखेर नगरपालिकाको मुख्य गेट भित्र नगरपालिका कार्यालय परिसरमा थुपारेका हुन् । जिल्लाको दोस्रो ठूलो बजार लामो समयदेखि दुर्गन्धित बनेपछि स्थानीयले गोकुलेश्वर बजार क्षेत्रमा थुप्रिएको फोहोर आफैले संकलन गरि नगरपालिकाका परिसरमा फालेका हुन् ।

बजार क्षेत्रमा फोहोरको चाङ लाग्दा समेत नगरपालिका माैन देखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्