काठमाडौँ – कुशल भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाडी बन्ने मौकाबाट बञ्जित भएका छन् । जिम्बावेविरुद्धको खेलमा कुशलले विश्वकप छनोटमा ९९ रन बनाएपछि बोल्ड हुन पुगे । वेलिङटन मासाकाद्जाले बोल्ड गरेपछि कुशल ९९ रनमै चित्त बुझाउन पुगे । कुशलले ९५ खेल्दै १३ चौका र २ छक्का प्रहार गरे ।
कुशलले आसिफ शेखसँग पहिलो विकेटमा १ सय ७१ रनको साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो सबैभन्दा ठुलो साझेदारी हो । आसिफ र ज्ञानेन्द्र मल्लले नामिबियाविरुद्ध फेब्रुअरीमा दोस्रो विकेटमा १ सय ३९ रन जोडेका थिए ।
कुशल ३२ औं ओभरमा आउट भए ।