काठमाडौंं – नेपाल सुपर लिग फुटबल ९ मंसिरदेखि सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले बिहीबार दोस्रो सिजनको मिति घोषणा गरेको हो । जसअनुसार लिग ९ मंसिरमा सुरु हुनेछ र २१ पुसमा सकिनेछ ।
पहिलो सिजनको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको थियो । एनएसएल फुटबल आयोजनाको सबै अधिकार दिए वापत अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल सुपर लिग एनएसएल फुटबल आयोजनाबाट ८ वर्षमा १७ करोड २१ लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले यो रकम एन्फालाई दिने छ ।