काठमाडाैं – अर्थमन्त्री डा. प्रकाशशरण महतले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान नभई स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताउनुभयो ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिदैँ मन्त्री महतले आगामी आर्थिक वर्षमा मात्र १ अर्ब १५ करोड बजेट सुनिश्चित गरिएको र विश्वविद्यालय होइनकि भन्नेमा अलमल नपर्न समेत स्पष्ट पारेका छन् ।
पूर्ण क्षमतामा विश्वविद्यालय चलोस् भन्ने सरकारको मनसय रहेको र चालु आर्थिक वर्षमा गेटामा शिक्षा र स्वास्थ्य मन्त्रालय दुवैबाट बजेट छुट्याइएको उहाँले प्रष्ट पार्नुभयो ।