काठमाडौँ – १५ दिनपछि पर्यो काठमाडौंमा वर्षा भएको छ। आइतबार मध्यरातमा पेप्सिकोला, लाजिम्पाट, बालाजु, बौद्ध लगायतका केहि स्थानहरूमा केहीबेर पानी परेको हो। मौसमविद् राजु प्रधानाङ्गका अनुसार काठमाडौं उपत्यकाका केही स्थानहरूमा मेघगर्जनसहित पानी परेको छ।
उपत्यकासहित कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका पहाडी भूभागहरूमा पनि वर्षा भइरहेको प्रधानाङ्गले जानकारी दिए। मौसमविद प्रधानाङ्गका अनुसार काठमाडौंंमा १५ दिनपछि पानी परेको हो। यसअघि मे २८ मा काठमाडौंमा पानी परेको थियो। त्यसयता जुन महिनादेखि पानी नपर्दा काठमाडौंको तापक्रम बढिरहेको थियो।
पानी परेपछि अब विस्तारै काठमाडौंमा तापक्रम घट्ने सम्भावना रहेको उनले बताए। पूर्वी तराईको तापक्रम क्रमिक रूपमा घटिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जेठ ८ गते केरला आइपुगेको मनसुन नेपाल आउन धेरै ढिला नहुने महाशाखाको आकलन छ। अहिले मनसुन भित्रनका लागि मौसम अनुकूल बन्दै गइरहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिए।