पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि, खोप लगाउन सबैमा आग्रह

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६४५ नमूनामध्‍य ४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३९७ जना पुगेको छ  । संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्