काठमाडाैं – आज सूर्य ग्रहण लाग्ने भएको छ । सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले नेयसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
सूर्य ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिङ्गापुर, थाइल्याण्ड, अन्टार्कटिका, अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्युजिल्याण्डमा देखिने छ ।
यस वर्ष आजसहित असोज २७ गते र चैत २६ गते सूर्य ग्रहण लाग्दैछ । तर यी तीनै पटकका ग्रहण नेपालबाट नदेखिने समितिले जनाएको छ । कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिने समितिले जनाएको छ ।