काठमाडौँ — जनमत पार्टीको भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ । पार्टीका उपाध्यक्ष अब्दुल खान प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा उद्योग मन्त्रीको रुपमा सहभागी हुने भएका छन् ।
पार्टीका अध्यक्ष सीके राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको बताए । यसअघि अध्यक्ष राउतको नेतृत्वमै सरकारमा जाने चर्चा भए पनि राउतले आफू सरकारमा नजाने बताए ।