काठमाडौँ – बालुवाटारमा गठबन्धनको बैठक छाडेर बालकोट हिँडेका माओवादी अध्यक्ष प्रचण्ड खुमलटार पुगेका छन्। एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार बैठकबाट निस्केका प्रचण्ड आफ्नै निवास खुमलटार पुगेको स्रोतले बतायो । राष्ट्रपति र प्रधानमन्त्री दुवैमा कांग्रेसले दाबी गरेपछि प्रचण्ड बैठकबाट निस्केका थिए।