काठमाडौं – काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृत फणिश्वरी घिमिरेका अनुसार केसीले १४ हजार ४ सय ५८ मत पाएका छन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७ सय ८६ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप बिष्ट तेस्रो स्थानमा छन्। उनले ८ हजार ७ सय ३६ मत पाएका छन्।