दार्चुला – दार्चुला प्रदेश सभा–२ मा गठबन्धनका मानबहादुर धामीले अग्रता बढाउँदै लगेका छन् । नेकपा एमालेका रामदत्त जोशीलाई पछि पार्दै गठबन्धनका धामीले १०१८ मतले अग्रता लिएका छन् । एमालेका जोशीले ९ हजार ५८३ मत पाउदा गठबन्धनका धामीले १० हजार ९८ मत पाएका छन् ।
अपिहिमाल, नौगाड र शैल्यशिखरको मतगणना सकिएको छ । प्रदेशसभा–२ अन्तरगत अब मार्मा गाउँपालिकाको मत गणना भइरहेको छ । अब लगभग गठबन्धनका धामी जीत नजिक पुगेको आकलन गर्न सकिन्छ ।