दार्चुलामा ६५ प्रतिशत मत खस्यो, भाेली दिउँसोबाट मतगणना हुने

काठमाडौँ – आज सम्पन्न भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत दार्चुलामा ६५ प्रतिशत मत खसेको छ ।

जिल्लाका सबैजसो ठाउँमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आज महाकाली नगरपालिकाको मतपत्रमात्रै गणना स्थलमा पुग्ने र भोलि साेमवार दिउँसोसम्म सबै केन्द्रको मतपेटिका सदरमुकाम आइपुग्ने निर्वाचन कार्यालयले जनाएको छ ।

सबैभन्दा विकट मानिएको अपि हिमालको थुम्पी मतदान केन्द्रको मतपत्र भोलि दिउँसोसम्म सदरमुकाम ल्याएर भोलि दिउँसोबाट मतगणना गर्ने तयारी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्