काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. ज्ञान बस्नेतले मतदान गरेका छन् । माछा चनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका उम्मेदवार डा. बस्नेतले काठमाडौंको चन्द्रागिरी-१५ मा रहेको विष्णुदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
युवावर्ग लगायत पूर्वाधार विकासका लागि फरक एजेण्डा सहित चुनावमा गएकोले आफ्नो जीत सुनिश्चित हुने उहाँको विश्वास छ । मतदानपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले आफ्नो एजेण्डालाई आधारमानी मतदाताले दिएको विश्वासको कदर गर्ने बताउनुभयो ।
उहाँसँग गठबन्धनबाट कल्पना धमला तथा नेकपा एमालेबाट कृष्णगोपाल श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् ।