बुहारीले गरिन् आफ्नै ससुराको हत्या

सांकेतिक तस्बिर

सुनसरी – जिल्लाको भोक्राहानरसिंह गाउँपालिका-६ पिपलचोक बस्ने ७० वर्षीय खटर मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया गुड्डी मण्डल पकराउ परेकी छन् ।

गुड्डीले कुटपिट गर्दा खटरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको खबर पाउनासाथ प्रहरी चौकी चिरौलीचोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्