काठमाडौं– नेपाली कांग्रेसले समानुपातिक उमेदवारमा सिफारिस भएर आएका नामहरूलाई सूचीकृत गर्न ८ जना सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ ।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ आएका नामहरूलाई क्लस्टरमा छुट्याउने जिम्मा सहमहामन्त्रीहरूलाई दिएको हो । क्लस्टर छुट्याएर आज बस्ने बैठकमा प्रतिवेदन पेस गर्न कांग्रेस सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ ।
देशभरबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ५ हजार बढीको नाम आएको कांग्रस मुख्यालयले जनाएको छ। कांग्रेसमा तल्ला तहबाट सिफारिस भएका नामका आधारमा संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ ।