काठमाडौँ – नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक आज आइतवार प्रमाणीकरण भएको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै संसद्को बैठकबाट पारित भएका यी दुई विधेयकलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी हुन् ।