आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ – आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित हुने भएको छ।

संसद सचिवायका स्रोतका अनुसार आज बिहान ११ बजे बस्ने तय भएको बैठक सूचना टाँस गरेर स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने भएको हो।

संसद सचिवालयका अनुसार काँग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो। गए राति साढे ९ बजे काँग्रेस नेता गिरिको निधन भएको थियो। भोलि बस्ने बैठकमा शोक प्रस्ताव पास हुने सचिवालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्