एमालेले स्थानीय जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने

काठमाडौँ – नेकपा एमालेले पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।

यही असार २ र ३ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई प्रशिक्षण दिन लागिएको हो। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई असार २ गते नै काठमाडौं आइसक्न पनि एमालेले आग्रह गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले प्रशिक्षण दिने तयारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्