नेपाली कांग्रेसद्वारा स्थानीय तह निर्वाचनलाई केन्द्रित गरि घोषणापत्र सार्वजनिक-पूर्ण पाठ सहित

काठमाडाै‌ – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरि चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

सबल स्थानीय सरकार ः समुन्नत गाउँ, समुन्नत नगर मुख्य नारा दिएर बनाएको घोषणापत्रमा सम्मुन्नत नेपालको जग बसाल्ने वाचा गरिएको छ । हरेक नागरिकलाई कुनै न कुनै उद्यममा जोड्ने, उत्पादन बढाउने, शिक्षा, स्वास्थ्य र पोषणको गुणस्तरमा सुधार ल्याउने, युवा ऊर्जाको बलमा नयाँ प्रविधिमार्फत विकास निर्माणलाई दिगो र तीव्र बनाउने विषय कांग्रेसको घोषणापत्रमा समावेश छन् । यस्तै हरेक पालिकामा सुविधा सम्पन्न उत्कृष्टताको केन्द्रको रूपमा एउटा अगुवा विद्यालय बनाउने, विद्यालय छाड्ने दर घटाउने, हरेक पालिकामा व्यावसायिक सीप विद्यालय, निःशुल्क स्यानेटरी प्याड, अभिभावकसँग सहकार्यलगायतका विषय कांग्रेसको घोषणापत्रमा उल्लेख छन् ।
यस्तै सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी सहायता भत्ता र गर्भवती पोषण प्याकेज दिइने उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्