काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टी एमालेले बहुमत सहित स्थानीय तहमा निर्वाचित हुने दावी गरेका छन् ।
शनिबार एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनसँग एक्लै लडेर स्थानीय तहमा जित हासिल गर्ने बताएका हुन् ।
ओलीले भन्नुभयो ‘बत्ती निभाएर जित्ने, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’उहाँले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि बहुमत ल्याउने दावी गर्नुभएको छ ।