काठमाडौं – बाक्लो तुवाँलोका कारण विहानै देखि आन्तरिक उडान ठप्प भएको छ । विहान ६ः३० बजे देखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट देशैभर हुने आन्तरिक उडान भिजिवलिटी अपुग हुँदा उडान हुन सकेको छैन ।
हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भिजिवलिटी एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छ । पश्चिमी वायूको प्रभावका कारण विहीबार विहानै देखि मौसममा खरावी आएपछि विहान नौ वजेसम्म देशैभरका ३५ वटै विमानस्थलमा उडान ठप्प रहेको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पहाडी क्षेत्रका केही विमानस्थल खुलेपनि तराई क्षेत्रका विमानस्थल खुल्न सकेको छैन । तर काठमाडौं विमानस्थलका लागि पाँच हजार मिटर भिजिवलिटी आवस्यक रहेपनि एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छ । विहीबारका लागि एक सय १२ वटा नियमीत उडान तोकिएको छ ।