काठमाडौं – कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को बैठकले कोरोना नियन्त्रणका लागि आइतबार विभिन्न १३ वटा सिफारिस गरेको छ । बैठकले गरेको सिफारिसको पहिलो बुँदामा औषधि खरिदलाई प्राथमिकता दिएको हो ।
त्यसैगरी २५ जना भन्दा बढीलाई भेला हुन नदिन गृह मन्त्रालयलाई सिफारिस गरेको छ भने सार्वजनिक स्थलमा माघ ७ गतेदेखि कोभिड कार्ड अनिवार्य गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
सँगै देशभरका आधारभूत र माद्यामिक विद्यालय माघ १५ गतेसम्म बिदा दिन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।