पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो ।

डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले बढेको छ भने एलपी ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ ।
अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मट्टितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ । त्यसैगरी, एलपी ग्यास प्रति सिलिण्डर १ हजार ४५० कायम गरिएको निगमले जनाएको छ ।

साथै निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्